काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सीआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । उनी आजै जेल चलान हुने बताइएको छ ।…