काठमाडौँ । आम जनता पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । प्रभु साह नेतृत्वको पार्टीले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको हो । पार्टीले जनतामाथि अनावश्यक कर थोपरिएको, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रणलगायतमा सरकार उदासीन रहेको भन्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शन शान्ति वाटिकादेखि सुरु भएको थियो । प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए…