काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको अध्यक्ष चुनावबाट चुनिएर आउनुपर्ने बताएका छन्।आइतबारबाट जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्मा यस्तो बताएका हुन्। विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको उल्लेख गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाललाई चुनावबाट चुनिएर आउन सुझाव दिए। उनले सोधे, 'अध्यक्षको हकमा त्यो…