बुटवल, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया(६ मा अवस्थित रामजानकी जमुहानी…