मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुअरी ट्राफिक प्रहरी विट वीरगन्जका प्रहरीले भारतीय नम्वरको गाडीवाला सँग अवैध असुली

बहुअरी ट्राफिक प्रहरी विट वीरगन्जका प्रहरीले भारतीय नम्वरको गाडीवाला सँग अवैध असुली

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, ८ असोज । पर्सा जिल्लामा ट्राफिक प्रहरीले भारतिय नम्वरको माल बाहक गाडी वालाहरु सँग अवैध रुपमा रकम असुल्ने गरेको आरोप स्थानीयहरुले लगाएका छन्।

जिल्ला ट्राफिक कार्यालय पर्साको मातहतमा रहेको ट्राफिक प्रहरी ड्राईपोर्ट बिट र परवानीपुर ट्राफिक बिटले ओभरलोड माल सामान बोकेको बहानामा भारतिय माल बाहक गाडीवाला सँग अवैध रुपमा रकम असुल्ने गरेको समाचार प्राप्त भएको हो ।

पर्साको वीरगञ्ज १७ स्थित अलौमा रहेको आईसिपी भन्सारबाट भारतिय नम्वरको मालवाहक गाडी सँग छमता भन्दा बढी र ओभरलोड माल सामान लोड गरेको भन्दै वीरगन्ज २४ स्थित वहुवरी चौकमा रहेको ट्राफिक प्रहरीले अवैध रुपमा पैसा माग्ने र पैसा नदिएको खण्डमा गाली गलौज गर्ने गरेको भारतिय गाडी चालकहरुले आरोप लगाएका छन्।

आईसिपी भन्सारबाट जाँचपास भएर निस्किने भारतिय नम्वरको गाडीहरुवाट वीरगन्ज २४ स्थित रहेको ट्राफिक प्रहरीको बिटले प्रति गाडी ५ सय देखि १ हजार रुपैयाँ सम्म असुली गर्ने गरेको भारतिय चालक स्वयम बताउँछन् ।

अहिले खास गजबको कुरा केछ भने बहुवरी चौकमा रहेको ट्राफिक विटले राखेको घुमटीको अगाडीको भागको छोपेर बत्तीको सट्टा मोवाईलको बत्ती बालेर कसैले नदेख्ने गरी चेकजाँच गर्ने गरेको जो कोहीले प्रष्ट देख्न सकिन्छ।

ट्राफिक प्रहरी बिट बहुवरीका प्रमुख असई चितरन्जन साहको निर्देशनमा सोही ठाउँमा कार्यरत प्रहरी सहायक हवलदार देवीलाल साहले अवैध रकम असुली गर्ने गरेको नाममा नछाप्ने सर्तमा स्थानियहरुले न्युज स्टोरी नेपाललाई बताएकाछन् ।
पर्सा जिल्लामा रहेको ट्राफिक प्रहरी विटको दादागिरी र भभड लोडका नाममा अवैध रुपमा रकम असुल्ने गरेका कारण वीरगन्जको आईसिपी भन्सारबाट भारतिय गाडीहरु नेपाल भित्रिनेमा कमि आएको छ ।

पर्सा जिल्लामा ट्राफिक प्रहरीको ज्यादतीका कारण वीरगन्जको आईसिपीबाट जाचपास भएर निस्किने भारतिय नम्वरको गाडीहरु अहिले भैरहवा भन्सार नाकाबाट जान थाले पछि भन्सारको राजस्व संकलनमा समेत प्रभाव परेको बताईएको छ।

वीरगन्ज आईसिपी भन्सारबाट दैनिक ८ सय देखि १२ सय ट्रकहरु भारतिय नम्वरको गाडी र नेपाली गाडीहरु जाँचपास भएर निस्किने गर्छन सो मध्ये २ सय देखि ४ सय सम्म भारतिय नम्वरको गाडी रहेको छ ।

यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक सँग बुझ्दा त्यस्तो गलत काम गरेको जोकोही भएको पाईएमा विभागिय कारवाही हुने बताएका छन्।