मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ

वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ

न्यूजस्टोरी

चतुर्वेदी पक्राउको विरोधमा महानगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलित
शेखर छत्कुली
वीरगन्ज १२ साउन
वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका परिसर भित्रबाट पक्राउ गरी नियन्त्रणमा लिएको छ। वडा अध्यक्ष चतुर्वेदीलाई पक्राउ गरेको विरोधमा महानगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलित भएका छन्।
पक्राउ परेका वडा अध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गर्दै रिहा नगरिए बुधबार देखि चरणबद्ध आन्दोलनमा उत्रिने माहानगरका ३२ औ वडा अध्यक्षहरुले पर्सा प्रहरीलाई चेतावनी दिएका छन्।
गत साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका–२५ निवासी राजकुमार कुर्मीको वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर विवाद चर्किएको थियो।
उपचारका क्रममा चिकित्सकीय लापरवाही भएको भन्दै मृतकका परिवार तथा आफन्तले विरोध जनाउँदै नारायणी अस्पतालका डाक्टरहरुको लापरवाहीको कारणले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टरहरु माथी हातपात समेत गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।
घटनापछि पीडित परिवारको गुनासो सम्बोधन तथा चिकित्सक र पीडित पक्षबीच उत्पन्न विवादको न्यायोचित समाधान खोज्ने प्रयासमा स्थानीय जनप्रतिनिधिहरू सक्रिय रहेका बेला वडा अध्यक्ष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको वडा अध्यक्षहरूले बताएका छन्।
मृतक पटेल वीरगन्ज महानगरपालिका वडा नं २५ का हुन ।
उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरिएको उनीहरूको दाबी छ।
मिति २०८३/०४/१२ गते संयुक्त वक्तव्य जारी गर्दै महानगरपालिकाका वडा अध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाएका छन्। नगरवासीको हकहित संरक्षण तथा पीडित पक्षको न्यायका लागि आवाज उठाउने क्रममा व्यक्त गरिएको धारणा र भूमिकालाई आधार बनाएर जनप्रतिनिधिलाई पक्राउ गर्नु आपत्तिजनक भएको उनीहरूले बताएका छन्।
वक्तव्यमा वडा अध्यक्ष चतुर्वेदीको पक्राउको कडा भर्त्सना गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ।
पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहा नगरिए  साउन १३ गते बुधबार देखि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत महानगरपालिका वडा अध्यक्षहरुले बताएकाछन् ।
वडा अध्यक्षहरूले स्थानीय प्रशासनलाई जनप्रतिनिधिको सम्मान, नागरिकको अधिकार र घटनाको न्यायोचित समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।
उता पर्सा प्रहरीले वडा अध्यक्ष चतुर्वेदीलाई नारायणी अस्पतालमा भएको घटनाको वारेमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
पटेलको मृत्युको विषयलाई लिएर नारायणी अस्पतालमा तोडफोड गर्नुको साथै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए।
डा। प्रमोदको अवस्था गम्भीर रहेको छ भने उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
मृतक पटेलका परिवार लगाएतका स्थानियहरुले आज पनि वीरगन्जको वडा नं २५ स्थित बहुअरी चौकमा दिन भरी आन्दोलन गरि सडक मै सुतेर दोषी डाक्टरहरु माथी छानबिन गरी आवश्यक कारबाहीको माग गरेकाछन ।